फोहोरको वर्गिकरण गरेर वैकल्पिक प्रयोग गर्न महानगरको सूचना
पाेखरा | माघ ३, २०८२
पोखरा: पोखरामा केही दिन यता फोहोर उठ्न नसकेपछि महानगरपालिकाले आज एक सूचना जारी गर्दै फोहोर मैला व्यवस्थापन गर्ने सन्दर्भमा केही व्यवधान उत्पन्न भएको जनाएको छ ।
पोखरामा केही दिन यता नियमित फोहोर उठ्न नसक्दा दुर्घन्ध समेत फैलिन थालेको छ । महानगरको शहरी विकास पर्यटन तथा वातारण महाशाखाले एक सूचना जारी गर्दै फोहोर व्यवस्थापनमा देखिएको समस्याको समाधान नहुँदा सम्म सार्वजनिक स्थानमा फोहोर नफाल्न समेत अनुरोध गरेको छ ।
सूचनामा भनिएको , ‘पछिल्लो विकसित समस्याको निराकरणका लागि महानगरपालिका अनवरत रुपमा प्रयत्नशील छ । यस समस्याको समाधान नभएसम्म आफ्नो घर, व्यवसायीक स्थल तथा अन्य क्षेत्रमा उत्पन्न हुने फोहोर सार्वजनिक स्थल, सडक चोक, बसपार्क, ताल तथा नदी किनारामा जथाभावी नफ्याक्नुहुन हार्दिक अनुरोध गर्दछ ।’
यस्तै महाशाखाले सम्भव भएसम्म कुहिने र नकुहिने फोहोर घरमै छुट्टाएर नकुहिने फोहोरलाई जम्मा गर्ने एवम् कुहिने फोहोरलाई अन्य वैकल्पिक प्रयोगको उपाय अवलम्बन गर्न समेत आग्रह गरेको छ ।
पोखरा महानगरपालिकाले अहिले वडा नम्बर ३२ लामेआहालमा अस्थायी ल्याण्डफिल साइटको रुपमा प्रयोग गर्दै आएको छ ।
पोखरा–३३ को झाँक्रीबगरमा पोखरा महानगरले समन्वय र सहमति बेगर निजी कम्पनी छनोट गरी फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको भन्दै स्थानीयवासीले विरोध गरिरहेका छन् ।
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा। सुनिल शर्माले नेपाली टोलीको बिदाइ गर्नु ...
पोखरा: पोखरा महानगरका मेयर धनराज आचार्यले क्वेष्ट नेपालले विद्यार्थीको गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई अलराउण्डर बनाएर सञ्चालन गरिने विद्यार्थी गुणीय चक्र कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र उक्त कार्यक्रम महा...
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि...

